विज्ञापन

म एमाले हुँ भनेर शिर उठाउने बनाएकै महेश बस्नेतले हुनः सन्तोष देउजा

विज्ञापन
Image
विज्ञापन

पत्रकार सन्तोष देउजाले पूर्वमन्त्री महेश बस्नेत नेकपा एमालेको अक्सिजन भएको र उनलै म एमाले हुँ भनेर शिर उठाउने बनाएको दाबी गरेका छन् । त्यस्तै महेशकै असाधारण आँटले गर्दा एमाले मात्रै नभई पुराना दलहरुले साहस लिएर उठ्ने हिम्मत गरेको समेत टिप्पणी गरेका छन् । हरेक दलमा महेश जत्तिको लडाकु चै चाहिने सन्तोषले बताएका छन् ।

सन्तोष देउजाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
महेश बस्नेत मान्छे आवश्यकता भन्दा बढी अराजक होलान्, चरित्र माथि प्रश्नहरु उठाईएका होलान्, नयाँहरुलाई देखिनसहने मार्काका होलान् तर उनी वर्तमान समयमा नेकपा एमालेको अक्सिजन हुन्। म एमाले हुँ भनेर शिर उठाउने बनाएकै उनैले हुन्।
एमाले मात्रै नभई पुराना दलहरुले साहस लिएर उठ्ने हिम्मत यदि गरेका छन् भने यसमा महेश बस्नेतको असाधारण आँटले काम गरेको छ।
सुखका बेला स्वार्थका लागि नेतृत्वको अगाडी मौरी झै झुम्मिनी, दुस्ख र आपतका समयमा मुसो झैं दुलो पस्ने कार्यकर्ता काम छैन।
यो कुरा अझ गतिलो गरि देउवाले बुझेका छन्।
हरेक दलमा यत्तिको लडाकु चै चाहिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन