विज्ञापन

सीता बनिन पहिलो वादी समुदायकि मन्त्री

विज्ञापन
Image
विज्ञापन

१३ चैत, काठमाडौं । सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्।

उनी रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ।

२९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन्। उहाँ विभिन्न सामाजिक क्रियाकलापमा सकृय यूवा महिला नेतृ हुन ।

पदभार लगत्तै उनका आँखा भरिए, अनुहार मलिन भयो । केहीबेरपछि सम्हालिएर स्वागत ग्रहण गरिन् । सीता जुन समुदाय र सङ्घर्षबाट आएकी थिइन्, त्यो सामान्य छैन । उनी जुन कुर्सीमा पदभार गर्दै थिइन्, त्यो कुर्सीका लागि वादी समुदायले सदियौँ कुर्नु पर्‍यो ।

लामो समय वादी समुदायले चरम गरिबी, अभाव, सामाजिक विभेद, तिरस्कार र घृणा भोग्यो । आफ्नो सम्मानजनक जीवन बाँच्नकै लागि विभिन्न कालखण्डमा चरणबद्ध आन्दोलन गर्‍यो । शिक्षा, स्वास्थ्य, रोजगारी र भूमि व्यवस्थाको माग गर्दै २०६२ मा देशभर आन्दोलन गर्‍यो । तर सरकारले सुनेन ।

२०६४ मा त्यस्तै अर्को महत्त्वपूर्ण आन्दोलन भयो । वादी समुदायले यस पटक इतिहासमै पहिलो पटक राजधानी केन्द्रित आन्दोलन गरे । माइतीघर र सिंहदरबार अगाडि ४८ दिन अर्धनग्न प्रदर्शन गरेपछि सरकारले उनीहरूको कुरा सुन्यो ।

वादी समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, जग्गा–जमिन र सम्मानपूर्वक बाँच्न पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गरेको १८ वर्षपछि वादी समुदायले सिंहदरबार भित्र प्रवेश पाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन