६ बैशाख: काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा मन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुग्न सक्ने सम्भावना रहेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले पद र प्रतिष्ठाले आफूलाई जनताबाट टाढा नबनाउने दाबी गरे।
‘म आज सांसद छु, भोलि मन्त्री र एक दिन प्रधानमन्त्री पनि हुनसक्छु,’ उनले भने, ‘तर म जतिसुकै माथिल्लो ओहोदामा पुगे पनि तपाईंहरूलाई मलाई प्रश्न सोध्ने पूर्ण वातावरण र अधिकार दिनेछु।’
साम्पाङले सुशासनका लागि पारदर्शिता अनिवार्य सर्त भएको भन्दै शासकहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया जनाउनुहाेस्


























