विज्ञापन

काठमाडौं, पर्सा र दाङमा आगलागी, लाखौंको क्षति

विज्ञापन
Image
विज्ञापन

१० साउन, काठमाडौं । काठमाडौं ,पर्सा र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका ६ स्थित एक कपडा पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाराको परवानीपुर गाउँपालिका ४ घर भएका राजकुमार साहले सञ्चालन गर्दै आएको दुर्गा रेडिमेड सप्लायर्समा गएराति साढे नौ बजे बिजुलीको तार सट भई आगलागी भएको थियो ।

आगोले पसल भित्र रहेका लत्ता कपडा जलेको प्रहरीले जनाएको छ । आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

काठमाडौंमा कपडा सिलाई सेन्टरमा आगलागी

काठमाडौंको काठमाडौं महानगरपालिका–१६ स्थित राधाकृष्ण मन्दिर नजिक एक कपडा सिलाई सेन्टरमा गएराति आगलागी हुँदा ३ लाख ५० हजार रुपैपाँ बराबरको क्षति भएको छ ।

जागृत खनालको घरको भुइँतलामा सञ्चालित कपडा सिलाई सेन्टरमा गएराति सवा १२ बजे आगलागी भएको थियो ।

आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको तार सट भएर आगलागी भएको अनुमान छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

दाङमा पनि आगलागी

यसैगरी दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेश कुमार गुप्ताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

गएराति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सट भयर आगजनी भयको प्रहरीले बतायको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन