सुर्खेत — कर्णाली प्रदेश सरकार विस्तारका विषयमा सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच सहमति भएको छ ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिनुअघि दुई दलबीच मन्त्रालय बाँडफाँट र शक्ति सन्तुलनका विषयमा सहमति भएको हो । सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीनवटा मन्त्रालय लिने सहमति भएको छ ।
नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ । त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको गरेको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्





























