काठमाडौं । मिस्टर इन्टरनेसनल नेपाल २०२६ को उपाधि सिद्धान्त केसीले जितेका छन् । नोभा ब्यूटी इन्टरनेसनल द्वारा आयोजित प्रतियोगितामा महिलातर्फका दुई राष्ट्रिय उपाधि समेत घोषणा गरियो ।
युनिक मास्के प्रथम उपविजेता एवं फेस अफ आरआइडीएस घोषित भए । वाजिद अन्सारी द्धितीय उपविजेता घोषित भए । ओम चौधरीले ‘डियर टु बी यू अवार्ड’ प्राप्त गरे भने एसेम ट्वाङगानाले बेस्ट पर्सनालिटी विधामा पुरस्कार प्राप्त गरे ।
जसअनुसार, सुम्निमा पुरीलाई मिस ग्रान्ड नेपाल २०२६ र रविना क्षेत्रीलाई मिस बिजनेस ग्लोबल नेपाल २०२६ को उपाधि प्रदान गरियो ।
विजेताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेता केसीले थाइल्यान्डमा हुने मिस्टर इन्टरनेसनलमा मुलुकको प्रतिनिधित्व गर्ने जनाइएको छ । पुरीले अक्टोबरमा भारतमा हुने मिस ग्रान्ड इन्टरनेसनलमा नेपालका प्रतिनिधित्व गर्नेछिन् । क्षेत्रीले नोभेम्बरमा भियतनाममा हुने मिस बिजनेस ग्लोबलमा सहभागिता जनाउनेछिन् ।
फिनालेमा अभिनेत्री साम्राज्ञी शाह, फेसन डिजाइनर स्ट्रेनस ल्यान्ड मार्विन, मिस ग्रान्ड इन्टरनेसनल अल स्टार इन्डिया २०२५ सन्जना शेखरमन्त्री जजको रुपमा थिए । कार्यक्रम आयोजक संस्थाका नोभा ब्युटी इन्टरनेसनलका राष्ट्रिय निर्देशक सिद्धार्थ तामाङको नेतृत्वमा सम्पन्न भएको हो ।





























