विज्ञापन

सुदुरपश्चिम र कर्णाली प्रदेश का हिमाली जिल्लामा हिमपात पहाडी जिल्लामा निरन्तर वर्षा

विज्ञापन
Image
Transparent umbrella under heavy rain against water drops splash background. Rainy weather concept.
विज्ञापन

मौसम बदलि भई हिउदकाे अन्तिम तिर वर्षा भएको छ । देशका विभिन्न ठाउँमा पानी परेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उच्च हिमपात भइरहेको छ भने पहाडी जिल्लामा निरन्तर वर्षा भएको छ । बिहीबार रातिदेखि सुरुभएको बर्षाले सुदूरपश्चिम प्रदेशका बाजुरा अछाम डाेटी लगायत जिल्लामा हल्का देखि मध्यम पानी निरन्तर परिरहेको छ भने अछाम का सबै पालिकामा निरन्तर वर्षा भइरहेको छ ।

कर्णाली का हिमाली जिल्ला हुम्ला , जुम्ला , कालिकोट , डाेल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको छ । पहाडी जिल्ला दैलेख कालिकोट सल्यान जाजरकोट लगायतका जिल्लामा निरन्तर हल्का वर्षा भइरहेको छ

काठमाडौं लगायत पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । यस वर्षको हिउँद याम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भए पछि वर्षा र हिमपात सुरु भएको हाे  । यसको असर पश्चिममा बढी परेको छ । भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मू काश्मीर, हिमाचल हुँदै नेपाल भित्रिएको मौसमी प्रणालीले पानी पारेकाे हो ।

मौसमविद्का अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । मधेस र लुम्बिनी बाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज र भोलि हल्का हिमपातको सम्भावना छ । आज बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

यसैबिच हिउँदै सकिँदै गर्दा पानी परेपछि कृषकहरू हर्षित भएका छन् । यस वर्षको हिउँद याममा निकै कम पानी परेपछि हिउँदे बालीमा असर परेको छ । अन्तिममा भए पनि पानी परेपछि बालीनाली केही सुध्रिने आसमा कृषकहरू हर्षित भएका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन