विज्ञापन

जेनजेड रेड फोर्सले माग्यो गृहमन्त्री सुदन गुरुङको राजिनामा

विज्ञापन
Image
विज्ञापन

७ बैशाख काठमाडौं :जेनजेड रेड फोर्स नेपालकी संयोजक स्मृति तिमल्सिनाले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएकी छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिमल्सिनाले गृहमन्त्री गुरुङका अरु पनि धेरै काण्ड बाहिर आउनसक्ने सम्भावना रहेको उल्लेख गर्दै तत्काल राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेकी हुन् ।

कुनै दलमा नलाग्ने र मन्त्री बन्न पनि नजाने प्रतिबद्धता जनाए पनि गुरुङ रास्वपा प्रवेश गरी गृहमन्त्रीसम्म बनेको उल्लेख गर्दै विज्ञप्तिमा बिचाैलियासँग साँठगाँठ गरेको आरोप पनि लगाइएको छ ।

‘नैतिक जिम्मेवारी लिँदै तपाईंले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईंमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस् । जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन