विज्ञापन

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अधिनायकवादी शैलीमा भ्रम फैलाए : शुशिला शाही

विज्ञापन
Image
विज्ञापन

१२ बैशाख कैलाली :लम्की चुहा नगरपालिका नगर प्रमुख शुशिला शाहीले सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले अधिनायकवादि शैलीमा भ्रम फैलायको बताउनु भएको छ। शनिबार उहाँले सामाजिक संजालमा स्टाटस लेख्दै सो कुरा बताउनु भयको हो  ।नगरप्रमुख शाही लेख्नु हुन्छ:सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाहज्यूले यातायात व्यवस्था सेवा कार्यालय, बलियाको कार्यक्रममा लम्कीचुहा अस्पतालबारे दिनुभएको भ्रामक, तथ्यहिन र द्वन्द्व उक्साउने अभिव्यक्तिप्रति लम्कीचुहा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।

लम्कीचुहामा प्रादेशिक अस्पताल स्थापनाका लागि नगरपालिका सुरुदेखि नै सकारात्मक र प्रतिबद्ध छ। तर स्थानीय सरकारको अधिकार, कानुनी प्रक्रिया र जनभावना मिचेर गरिने एकपक्षीय, बलमिच्याइँपूर्ण निर्णय हामीलाई कदापि स्वीकार्य छैन।

सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयमा जिम्मेवार पदमा बसेको व्यक्तिले सार्वजनिक मञ्चबाट भ्रम फैलाउनु, तथ्य तोडमोड गर्नु र जनता उक्साउनु संवैधानिक मर्यादा र कानुनी शासनविपरीत हो। नगरपालिका यसको घोर आपत्ति र कडा खेद प्रकट गर्दछ।

MoU, कानुनी आधार र संस्थागत प्रक्रिया बिनै नगरपालिकाको सम्पत्ति, संरचना र जनशक्ति हस्तान्तरण गर्ने, आर्थिक भार स्थानीय तहमाथि थोपर्ने तर नियन्त्रण प्रदेशले मात्र राख्ने शैली संघीयता र स्थानीय स्वायत्ततामाथिको प्रत्यक्ष हस्तक्षेप हो। यस्तो गैरजिम्मेवार कदमले अस्पतालको सेवा झन् अन्योलग्रस्त बनाउँछ।

कर्मचारी व्यावस्थापन, MOU नहुदै गरिएको समिती विघठन , स्पष्ट कार्यढाँचा र सम्मानजनक सहमतिसहित प्रदेश सरकारले वार्तामा बोलाए २ दिनभित्रै समस्या समाधान गरी अस्पताल सञ्चालन गर्न नगरपालिका तयार छ। अन्यथा स्थानीय सरकारको अधिकार मिच्ने, मुद्दालाई राजनीतिकरण गर्ने र बलपूर्वक निर्णय लाद्ने कार्य जारी रहेमा नगरपालिका कानुनी, प्रशासनिक र जनस्तरका सबै वैधानिक विकल्प प्रयोग गर्न बाध्य हुनेछ। त्यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्नेछ।

अधिनायकवादी शैलीमा भ्रम फैलाएर अस्पताल परिसर, कर्मचारी वा सर्वसाधारणमाथि कुनै हिंसात्मक घटना भएमा त्यसको नैतिक र राजनीतिक जिम्मेवारी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लिनुपर्नेछ।

तसर्थ, स्थानीय स्वायत्तताको सम्मान गर्दै कानुनी प्रक्रिया र संस्थागत समझदारीबाट मात्र अघि बढ्न प्रदेश सरकारलाई जोडदार आग्रह गर्दछौं। आम नागरिकलाई भ्रामक प्रचार र असत्य सूचनाको पछि नलाग्न अनुरोध गर्दै नगरपालिका गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पार्दछ।

आफ्नै पार्टीको प्रदेश सरकार भयनी नगर प्रमुख शाही सत्य तथ्य कुरामा अडिक भयर बोल्नु पर्ने जनप्रतिनिधिको कर्तब्य भएको बताउनु हुन्छ  ।प्रदेश सरकारको जिम्मेवार ब्यक्तीले झुट बोल्ने कुरा विल्कुल सहि नभएको उहाँले बताउनु भएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन