विज्ञापन

रास्वपा प्रदेश अधिवेशन: तीन बहालवाला सांसद पराजित, नयाँ नेतृत्व चयन!

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनमा ठूलो हेरफेर भएको छ। पार्टीका तीन जना बहालवाला सांसद प्रदेश सभापतिको चुनावी प्रतिस्पर्धामा पराजित भएका छन्।बागमती प्रदेश: नुवाकोट-२ का सांसद एवं संस्थापक/निवर्तमान सभापति डा. अच्युत्तम लामिछाने निकै प्रतिस्पर्धात्मक चुनावमा मात्र २ मतको अन्तरले पराजित। उनलाई पूर्वप्रवक्ता उत्सव अर्यालले हराए (अर्याल: ४१६, लामिछाने: ४१४ मत)।

गण्डकी प्रदेश: नवलपुर-१ का सांसद एवं निवर्तमान सभापति राजन गौतम फराकिलो मतान्तरले पराजित। उनलाई साविककै महामन्त्री नविन त्रिपाठीले २३४ मत ल्याएर पराजित गरे (गौतमले १८२ मत प्राप्त गरे)।
सुदूरपश्चिम प्रदेश: कञ्चनपुर-१ का सांसद जनकसिंह धामी पराजित। उनलाई प्रकाश विष्टले ३५८ मतका साथ पराजित गरे (धामीले १५४ मत मात्र पाए)।
बागमती र गण्डकीमा संस्थापक सभापतिहरू पराजित हुँदा सुदूरपश्चिममा भने नयाँ नेतृत्व (प्रकाश विष्ट) आएका छन्।

रास्वपाको विधानअनुसार प्रदेश सभापति बन्न कुल सदर मतको ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ।
हालसम्म मधेस बाहेक ६ प्रदेशमा अधिवेशन भएको छ, जसमा कर्णालीको मत परिणाम आउन बाँकी छ भने बाँकी ५ प्रदेशले नयाँ नेतृत्व पाइसकेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन