विज्ञापन

चौलानी नदी थुनिएपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ रहन मुख्यमन्त्री खगराज भट्टको निर्देशन

विज्ञापन
Image
विज्ञापन

भाद्र १९ धनगढि :दार्चुलाको अपि हिमाल गाउँपालिका–१, भट्टाणमा पहिरो खसेर चौलानी नदी थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ रहन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित निकायका अधिकारीसँग घटनाको अवस्थाबारे जानकारी लिएका थिए ।

नदी थुनिएपछि पानीको बहाव बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा जोखिम निम्तिन सक्ने भन्दै मुख्यमन्त्री भट्टले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

उनले चौलानी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन र आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरेका थिए ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए ।

त्यस्तै, आन्तरिक मामिला मन्त्रालय र मातहतका सुरक्षा निकायलाई घटनाको निरन्तर निगरानी गर्न, उच्च सतर्कतामा रहन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि परिचालन हुन उनले निर्देशन दिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन